बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तमा लगानीकर्ताको आकर्षण

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८।५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४।९६ अंकले घटेर ४९९.७८ विन्दुमा झरेको छ ।

कूल २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५ सय ८१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको १८ करोड ९३ लाख ४९ हजार ४ सय १५ रूपैयाँ बराबरको कारोबार भएको छ । संस्थाले  आज मात्रै बम्पर लाभांश घोषणा गरेको हुनाले यस संस्थामा लगानीकर्ताहरूको आकर्षण बढेको हो । 

आइतबार सपोर्ट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, आइतबार शिवम् सिमेन्टको लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया