गुल्मीबाट एकैपटक ३ जना सह-सचिवमा सिफारिस

४ बर्ष अगाडि

नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित प्रथम श्रेणी सह–सचिव पदमा गुल्मी जिल्लाबाट ३ जना उत्तिर्ण भएका छन् । 
 
लोक सेवा आयोगले लिएको परिक्षा उत्तिर्ण गरी सिफारिस भएका १२ जनामध्ये गुल्मीबाट ३ जना सह–सचिव बनेका हुन् । 

आयोगले विभिन्न मितिमा लिएको लिखित परिक्षा, अन्तरवार्ता र मामिला प्रस्तुतिकरणका आधारमा आइतबार १२ जनालाई सह–सचिवमा बढुवा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार मालिका ६ का रमेश अर्याल, सत्यवती १ का टंक प्रसाद पाण्डेय र रेसु¨ा ७ का डिलाराम पन्थी सिफारिस भएका हुन् । उनीहरुमध्ये योग्यताक्रममा अर्याल १ नम्बरमै सिफारिस भएका छन् भने पाण्डे ८ र पन्थी ९ नम्बरमा सिफारिस भएका छन् । 

आयोगको विज्ञापन नम्बर १६६५४/०७७–७८ अनुसार बढुवाका लागि लिखित र अन्तरवार्तामा १६ जना परिक्षार्थी सम्मिलित थिए । 

त्यसमध्ये सबैभन्दा धेरै गुल्मीबाट ३ जना, काठमाडौंबाट २ जना सिफारिस भएका छन् । त्यस्तै बैतडी, जुम्ला, रुकुम पश्चिम, नुवाकोट, भक्तपुर, दैलेख र उदयपुरका १ / १ जना छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया