काठमाडौं - आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४७६.१० पुगेको छ । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
मार्केट डेप्थमा ५ हजार ६७५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया