काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले विकास निर्माणका कामले तिव्रतालिने बताउनुभएको छ ।
झापाकानेकपाका नेतातथा स्थानीयतहकाजनप्रतिनिधी र प्रशासकीयअधिकृतहरुसँगआज बालुवाटारमाभएको भेटमा प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीओलीले कतिपयविकास निर्माणका योजनाप्रदेश वा संघ कस्ले सञ्चालनगर्ने भनेर द्विविधाभएकोले केही ढिलाइ भएको बताउनुभएको छ । “यस्ताद्विविधाले पुरानाभन्दानयाँनयाँयोजनाबनाउनेतिर सबैको ध्यानगयो ”प्रधानमन्त्रीओलीले भन्नुभयो “अब कस्ता योजना कस्ले सञ्चालनगर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।”
प्रधानमन्त्रीओलीको गृह नगर दमकका प्रसासकीयअधिकृत गणेश प्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगतिबारेमाप्रधानमन्त्रीओलीलाई जानकारी गराउनुभएको छ । दमक सभाहलनिर्माणाधिन अवस्थामा रहेको,पशुहाट बजार केन्द्र सम्पन्नभएको ,दमक भू टावरको विस्तृत परियोजनाप्रतिवेदन(डिपिआर) तयार भएको यसकालागि ५ विगाहा क्षेत्रफलजग्गानगरपालिकाको नाममाआइसकेको उल्लेख छ । दमकऔद्योगिक क्षेत्रको मुआब्जावितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराउनुभयो । यसैगरी दमक ३मानिर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि७विगाहाजग्गानगरपालिकाको नाउँमादर्ता भइसकेको , २० विगाहाजग्गाप्राप्तीकालागिझापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गर्नुभयो । सो आयोजनाको डिपिआर तयार भएको र दमकनगरपालिकाले जग्गाव्यवस्थापनकालागिआवश्यक समन्वय र पहलगर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समितिबनाएको तिम्सिनाले जानकारी गराउनुभयो ।
यसैगरी दमकनगरपालिकाले सञ्चालन गरेका नगरपालिकाभवन,शहिद बनबाटिका,घण्टाघर सहितको रोज गार्डेन ,विपन्नकालागिनमुनाआवास गृह निर्माण,सुनचाँही टावर निर्माण आदिकाबारेमाभएको प्रगतितिम्सिनाले प्रधानमन्त्रीओलीलाई जानकारी गराउनुभएको छ ।
कनकाइनगरपालिकाकाप्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक,लक्ष्मीपुर – घेराबारी सडक निर्माणका लागिआवश्यक रकमविनियोजन गरिदिनमागगर्नुभएको छ । पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागिकम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिनमागगर्नुभएको छ । यसैगरी अर्जुनधारा नगरपाकिलाकाप्रमुख हरी रानाले पनिनगरको विकास निर्माणका बारेमाजानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीओलीले झापालीजनप्रतिनिधीहरुले राखेका मागकाबारेमाआफू सकारात्मक रहेको बताउनुभएको छ ।
प्रतिनिधी मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसदपवित्रनिरौला खरेल,पूर्व साँसददिपककार्की ,जिसस झापाका संयोजक सोमनाथपोर्तेल दमकनगरपालिकाकाप्रमुख रोमनाथओली,नेकपाका नेताहरु चिन्तन पाठक,गगन पुरी लगायत सहभागीहुनुहुन्थ्यो ।
प्रतिक्रिया