काठमाडौं - आज बजार खुलेको करीब दुई घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा कम्पनीको उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २१५ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । लक्ष्मी इक्विटी फण्ड, एनएमबि हाइब्रिड फण्ड एल १,नेशनल हाइड्रोपावर,आइसीएफसी फाइनान्स र सिभिल बैकको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको १ लाख ८० हजार २०० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी एनएमबि हाइब्रिड फण्ड एल १ को १ लाख ४२ हजार २०० इकाई, नेशनल हाइड्रोपावरको १ लाख ३१ हजार ४७८ कित्ता, आइसीएफसी फाइनान्सको १ लाख २३ हजार ५९४ कित्ता र सिभिल बैंकको १ लाख २२ हजार ४३७ कित्ता शेयर खरीद माग रहेको हो ।
प्रतिक्रिया