जंगली हात्तीको आक्रमण र ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं १० मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

राजापुर नगरपालिकाको झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमासोहि स्थान दक्षिण खैरी बस्ने वर्ष अन्दाजी ३५ को बेचन दहितलाई हात्तीले आक्रमण गरी ज्यान लिएको हो । 

उनलाई घर देखी अन्दाजी १ किलोमिटर पुर्व तर्फ जंगली हात्तीले हानी मारेको जीला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार असोज २४ गते बिहान सो घटना भएको हो । 

यस्तै बगनासकाली गाउँपालिका –२ पोखराथोक नजिकै ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५९ वर्षीय श्यामबहादुर रोका रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।  

स्याङ्जाबाट बुटवल तर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले आज बिहान साढे सात बजे ठक्कर दिएको थियो । घाइते उनलाई उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पचभैयाले बताए । 

मृतक रोका पैदल हिडिरहेका थिए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया