मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले गरे स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको  राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज विहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ । आज विहान प्रधानमन्त्री देउवालाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए ।  

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया