महिला लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता ५ हजार २८० पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ हजार २८० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा १६ हजार ६६५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया