काठमाडौं - आज साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूभक अघिल्लो कारोबार दिनको तुलनामा ६.०८ अंकले बढेको छ ।
प्रि-ओपन सेसनमा नेप्से परिसूचक २६८७.१९ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ५० ओटा कम्पनीको ८ हजार १७ कित्ता शेयरको ८७ लाख १८ हजार १६१ बराबरको शेयर खरीदविक्री भएको हो ।
प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको सो अवधिमा २८ लाख ९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया