काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले सोमबारदेखि चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले निष्काशन गर्ने उक्त हकप्रदमा भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गरेको थियो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
बैंकको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रदमा मेरो शेयर सफ्टवेयरको मोबाइएल एप, वेवसाइट तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया