एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने

४ बर्ष अगाडि

काठमाडौं - आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित बिधान महाधिवेशन बहिष्कार गरेका एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने निर्णयमा पुगेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा लामो छलफलपछि पूर्वमन्त्री साह पार्टी काममा फर्कने निश्कर्षमा पुगेका हुन् । नेता साह शुक्रवार बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए । 

छलफलको क्रममा अध्यक्ष ओलीले पार्टी एकताको आधारसहित बिधान महाधिवेशनले नै नेकपाकै निरन्तरताको रुपमा नेकपा एमाले रहेको तथ्य बुझाए पछि साहले पूर्ववत निर्णय परिवर्तन गरी पार्टी काममा सक्रिय हुने निश्कर्ष सुनाएका हुन् । 

उनले अध्यक्ष ओलीसँगको छलफलबाट आफू निकै खुसी बनेको पनि बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया