सहिद परिवारका घरमा लुटपाट, वडा सदस्यको निधन

४ बर्ष अगाडि

काठमाडौं - डाँकाको एक समूहले आज बिहान यहाँ सहिद परिवारको घरबाट लाखौंको धनमाल लुटपाट गरेको छ । 

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार÷पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू  २५ हजार  लुटेका हुन् ।
    
धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर  घाइते बनाएका थिए ।  

जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको  टाउकोमा  ११ वटा टाँका लगाइएकोे र  थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । 

वडा सदस्यको निधन
आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१  का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो । 

मुटुसम्बन्धी समस्या भएकी  ५५ वर्षीया उहाँको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताउनुभयो । केही दिनदेखि बिरामी हुनुभएकी चन्द उपचारका लागि  त्यहाँ जानुभएको थियो । 

वि. सं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उहाँ सदस्यमा निर्वाचित हुनुभएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया