बालबालिकाको चेहरामाखुशीदेखें म पनिखुशी हुन्छु – प्रधानमन्त्रीओली

७ बर्ष अगाडि


काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामाखुशी देख्दाआफू पनिखुशीहुने बताउनुभएको छ ।
नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँगप्रधानमन्त्रीकार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफदिंदै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । “बालबालिकाको चेहरामाखुशीदेंखे भने म पनिखुशी हुन्छु ” प्रधानमन्त्रीओलीले भन्नुभयो “नयाँ पिडिको चेहरामा मुस्कानहुनुपर्दछ । मानिसहरु भोकबाट मुक्तहुनुपर्दछ ।  कठ्यांग्रिएर मर्ने अवस्थाआउनु हुदैन । समाज समतामुलकहुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनिखुशी हुन्छु ।  ”
बालबालिकाहरुले प्रधानमन्त्रीओलीलाई बाल्यकाल कसरी वित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुमजिल्लाको छातेढुंगामा २००८ सालमाजन्मिएको सुनाउंदै प्रधानमन्त्रीओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाउनु भएको थियो । “एउटा विद्यालयकाशिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजनाहुने होमवर्क जस्तै घाँस दाउरा,गाई बाख्राको हेरचाहआदि”प्रधानमन्त्रीओलीले भन्नुभयो “दुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।”
प्रधानमन्त्रीओलीलाई सामुदायिकविद्यालयका एक विद्यार्थीले सोधे “सामुदायिकविद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?” प्रधानमन्त्रीओलीले विद्यार्थीलाई पाठ्यपुस्तकनपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो । प्रधानमन्त्रीओलीले भन्नुभयो “समयमा पाठ्यपुस्तकनपुग्ने अब हुदैन । र,आगामीबर्ष देखि विद्यालयउमेरका कोहीपनिबालबालिकाविद्यालयबाहिर पनिहुदैनन् ।”प्रधानमन्त्रीओलीले अंग्रेजीअन्तर्राष्ट्रिय भाषाभएकोले त्यसको जानकारी लिनै पर्ने तर त्यसो गर्दा नेपालीभाषानजाने पनिहुने अथवा नेपालीभाषानजानेकोमागर्व गर्न नहुने बताउनुएको छ । “विद्यालयहरुले अंग्रजीमाध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपालीभाषाचाँहीनजाने पनिअथवा नपढाए पनि हुन्छ भन्ने चाँहीहोइन ,आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खलहुनुपर्दछ ।”
बालबालिकाले प्रधानमन्त्रीओलीलाई निर्मलापन्तको बलात्कार र हत्याको बिषयमापनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्रीओलीले यस घटनाको सत्यतथ्यपत्तालगाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । “निर्मलाको बलात्कार र हत्याकादोषीहरुको खोजीभइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केहीगल्तीभएको छ । अहिले उच्च स्तरीय छानविन समिती गठन गरेर अनसुन्धानभइरहेको  छ । नेपालप्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधीपत्तालगाउन सक्छ । अपराधीपत्तालगाउनमैले पटक पटक निर्देशनपनिदिएको छु ।”

७ बर्ष अगाडि

प्रतिक्रिया