न्यायालयका मुख्य व्यक्तिले परमादेशसँग मन्त्री पदको सट्टापट्टा गरेको पुष्टि भयो : भीमार्जुन आचार्य

४ बर्ष अगाडि

काठमाडौं - संविधानविद् भीमार्जुन आचार्यले न्यायालयका मुख्य व्यक्तिले परमादेशसँग मन्त्री पदको सट्टापट्टा गरेको पुष्टि भएको बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री बनेपछि संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका छन् । प्रधानन्यायाधीशको कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेको चर्चा छ ।

आचार्यले प्रधानमन्त्री देउवा यसअघि पनि खराब नै भएकाले खराब नै रहने पक्का भएको आरोप लगाएका छन् । शनिबार संविधानविद् आचार्यले ट्विटरमा लेखेका छन्, ‘देउवा खराब थिए, खराब रहने पक्का भयो । परमादेशसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो। जसरी गरेका हुन, गरेकै देखियो। तर, इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?’ 

 

४ बर्ष अगाडि

प्रतिक्रिया