काठमाडौं - दशैँ मनाउनका लागि अहिलेसम्म काठमाडौं उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।
गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।
प्रतिक्रिया