काठमाडौं - शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै नेकपा ९एकीकृत समाजवादी०बाट मन्त्री बन्नेहरुको सम्भावित नामहरुबारे पनि चर्चा चल्नु स्वभाविकनै थियो । पछिल्लो करिब तीन महिनादेखीको त्यो चर्चामा एकीकृत समाजवादीबाट मेटमणी चौधरीको नामपनि मन्त्री बन्नेको सूचिमा सबैभन्दा बढी चर्चामा थियो ।
हुनपनी एमाले विभाजन हुनुभन्दा अघिदेखीनै सबैभन्दा बढी केपी शर्मा ओलीको आलोचना चौधरीले सार्वजनिक रुपमा गरीरहेका थिए । उनले पार्टी एकता भएपनि आफू एमालेमा नबस्ने घोषणासमेत गरेका थिए । सोही कारणपनि उनलाई सम्भावित मन्त्रीको रुपमा सबैले लिएका थिए ।
तर, शुक्रबार ८८ दिनपछि विस्तार भएको मन्त्रिमण्डलमा दाङ निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीको नाम परेन। यद्यपि उनलाई धेरैले मन्त्री बन्ने अनुमान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा एकीकृत समाजवादीकै भवानीप्रसाद खापुङले शपथ लिएका छन् ।
प्रस्ट रुपमा एमालेलाई टक्कर दिँदै आएका चौधरीले नेकपा ९एस० मा समेत महत्त्वपूर्ण पद पाउने अनुमान गरिएको थियो । तर पार्टीको पनि महत्त्वपूर्ण पदमा नरहेका मेटमणि सरकारमा पनि सहभागी हुन पाएनन् । उनले मन्त्री बन्न नचाहेका हुन् या नदिइएको हो भन्नेमा नेकपा एस वृत्तमै चासो छ ।
चौधरीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा व्यक्त धारणाले भने उनी मन्त्रीको आकांक्षी भएको सहजै बुझ्न सकिन्छ । उनले लेखेका छन्, ‘को मन्त्री बन्नुभयोरु को मन्त्री हुनु भएन१ मुख्य विषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ ।’
उनले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण रहेको पनि औंल्याएका छन् । चौधरीले लेखेका छन्, ‘जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो – प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीका लागि मन्त्री पद गौर विषय बन्न जान्छ ।’ उनले मन्त्री हुनका लागि सबै प्रकारका कम्बिनेसन मिल्नुपर्ने स्पष्ट पारेका छन् ।
उनले कठिन मोडमा रहेको उल्लेख गर्दै नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरी नरहेको समेत बताएका छन् । ‘पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइका लागि स्पेस दिनु जरुरी देख्दैन । नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानका लागि पहल गरौं’, चौधरीले लेखेका छन् ।
प्रतिक्रिया