यो साता नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न दुई कम्पनीको शेयर मूल्य सामायोजना भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । 

१. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४०६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

२. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य यो साता समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । 

गत बुधबार बैंकको शेयर प्रतिकित्ता ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया