काठमाडौं - नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफू प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको नभई कांग्रेसमै आफूले लामो समयदेखि योगदान गरेको जिकिर गरेका छन् ।
सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले आफू लामो समयदेखि कांग्रेस राजनीतिमा समर्पित भएको उल्लेख गरेका हुन । प्रधानन्यायाधीससँग नाता पर्ने कुरा अप्रतक्ष्य रुपमा स्वीकार गर्दै मन्त्री हमालले कसको कोसँग नाता पर्दैन र भनेर प्रतिप्रश्न गरे ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान नाता पर्ने हमाल राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया