काठमाडौं - सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि यो रेटिङले संकेत गर्दछ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
प्रतिक्रिया