मध्य भोटेकोशीको आईपीओमा २ करोड ३५ लाख ९२ हजार बढि कित्ता माग, कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा १५ लाख ६२ हजार बढि आवेदकले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म १५ लाख ६२ हजार १ सय ८० जना आवेदकहरूले २ करोड ३५ लाख ९२ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले सम्पूर्ण लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया