पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १०३३ जना डिस्चार्ज, मृत्यृ कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर १० हजार ६ सय ८८ जनाको परिक्षण गर्दा कुल ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्मको निको हुने दर ९६.७ प्रतिशत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया