राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ : भीम रावल

४ बर्ष अगाडि

काठमाडौं : नेकपा ९एमाले०को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन् । एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेको छन् । देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो । 

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन्। आजै ४ बजे मन्त्रीहरुको सपथ गराउन कार्यक्रम तय भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया