मैलुङ खोला जलविद्युत कम्पनीको ३६ लाख ८१ ह्जार ४३० कित्ता शेयर असोज ५ गते नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
कम्पनीको पहिलो कारोबार १८६ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।कारोबार खुलेदेखि कम्पनीको शेयरमूल्य निरन्तर बढ्दै आईरहेको छ । बुधबार पनि कम्पनीको शेयरमूल्य ९।९८ प्रतिशतले बढेर प्रतिकित्ता ४३२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।
कारोबार खुले देखिनै निरन्तर जसो सर्किट लेभलमा कारोबार भैरहेको कम्पनीको शेयर खरिद कर्ताको चाप देखिएको छ । बिक्रीकर्ता भने प्रया शून्य देखिएको छ ।
प्रतिक्रिया