मैलुङ खोलाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले शेयर पाएको ६ वर्ष पछि मात्र बिक्री गर्न पाउने

४ बर्ष अगाडि

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले शेयर पाएको ६ वर्ष पछि मात्रै शेयर बिक्री गर्न पाउने भएका छन् । 

आयोजना प्रभावित स्थानीयालाई शेयर निष्काशन गरेको लामो समयपछि सर्वसाधारणलाई शेयर निष्काशन गरेकोले (लकिङ्ग परियड) का कारण कम्पनीको शेयर तत्कालन बिक्री गर्न नपाउने भएको हो ।

आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको करिब ४ वर्ष पछि सर्वसाधारणलाई शेयर वितरण गरेकोले स्थानीयलाई शेयर वितरण गरेको ६ वर्ष पछि मात्रै शेयर बिक्री गर्न पाउने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि २०७४ जेठ १७ गते देखि ३१ गतेसम्म शेयर निष्काशन गरी २०७४ असार ३० गते बाँडफाँट गरेको थियो ।

त्यसको ४ वर्ष पछि अर्थात २०७८ असार २३ गते देखि २८ गतेसम्म बल्ल सर्वसाधारणको लागि शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर कम्पनीले साउन २६ गते बाँडफाँड गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया