६० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो आदर्श लघुवित्त

४ बर्ष अगाडि

काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले जारी पूँजी पूँजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । जसका लागि कम्पनीले असोज २० गते बुधबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ ।

लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई गत साउन ६ गते नै नियुक्त गरिसकेको छ ।

हाल संस्थापकबाट १ करोड ४० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने ६० लाख रुपैयाँ बराबरको शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया