काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह तत्काल सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ ।
पार्टीको भागमा परेकामध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको पौडेल समूह भनेअनुसार नहुने भएपछि तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको हो ।
गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो ।
तर, पार्टी सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै दिने बताएपछि पौडेल समूह छलफल निष्कर्षमा नपुग्दै बैठकबाट बाहिरिएको थियो ।
बालुवाटारबाट बाहिरिएपछि पौडेल समूहले मन्त्रीको नामबारे समूहमा छलफल नगरेको बोहराटारनिकट स्रोतले जनाएको छ । स्रोतले शुक्रबार पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको दाबी गरेको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा महामन्त्री डा। शशांक कोइराला उपत्यकाबाहिर जानुलाई इतर समूह तत्काल सरकारमा सहभागी नहुने अनुमान गरिएको छ ।
प्रतिक्रिया