नेपाल प्रहरीले माग्यो करिब ६०० कर्मचारी, मंसिर १२ गतेभित्र आवदेन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले करिब ६०० को संख्यामा कर्मचारी माग गरेको छ । 

प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । 

प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया