बुद्धभुमि नेपालको आईपीओको बाँडफाँड आज, २० लाख ३७ हजारको हात खाली

४ बर्ष अगाडि

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ । उक्त आईपीओको बाँडफाँड आज बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । 

जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । बाँकी २० लाख ३७ हजार भन्दा धेरैको भने हात खाली हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया