काठमाडौं - कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन् ।
तौलिहवा-गोरुसिंगे सडकखण्ड अन्तर्गत तिलौराकोट साझेदारी वनको कार्यालयभन्दा केही पर मोटरसाइकलमा आएका २ जनाले कारमा सवार एक जनामाथि गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन् ।
बिहीबार दिउँसो ३ बजेतिर प्र-३-०१-२३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउँपालिका-४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी लुटेराहरु भागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया