नक्कली नोटको कारोबार गर्ने ६ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - नक्कली नोटको कारोबार गर्ने ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ कै छितेन तामाङ, धनकुटा नगरपालिका १ हिलेका वर्ष २४ का सोनम तामाङ, धनकुटाको महालक्ष्मी ८ का वर्ष २६ का सुमन खड्का, महालक्ष्मी ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकास तामाङ रहेका छन् ।

धनकुटाको मुलघाट २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङ पक्राउ परेका हुन् । धनकुटा नगरपालिका ९ मुलघाटमा चेकजाँचका क्रममा प्रहरीले ति नोटसहित दुई जनालाई पक्राउ गरेको हो । 

प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट ५ हजार, विशालले नै मुलघाटमा फालेको २ हजार र सोनाम तामाङको घरबाट ६५ हजार नक्कली नोट बरामद गरेको धनकुटाका प्रहरीले जनाएको छ । 

२ जनालाई मुलघाटबाट पक्राउ गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सोनाम र सुमनलाई धनकुटाको हिलेबाट, तुलसीलाई धनकुटाको सिधुवाबाट र विकासलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई नक्कली नोटको प्रयोग गराउन लगाउने एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेका ६ जनालाई काठमाडौंबाट पक्राउ परेका युवाले २ लाख नक्कली नोट दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया