काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
गत बुधबार बैंकको शेयर प्रतिकित्ता ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया