कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित विदेशी कामदारलाई कैद र जरिवानामा आममाफी

४ बर्ष अगाडि

काठमाडौं - कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई  कैद र  जरिवाना नलिई आममाफी दिने भएको छ । 

कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कैद र  जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले २०१५ को कानून नं २१ को प्रावधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ । आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।

आममाफीका लागि अवैधानिक हैसियतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया