कतारले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - कतारले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको डिजिटल हाइज भ्लोट्याग इन्जिनियरिङ सर्भिस कम्पनीले १०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सहित तलब ३२ हजार माथिदेखि ६१ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले रोयल इनटरनेशनल ओभरसिज प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया