काठमाडौं - नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई प्राइभेट कम्पनीमा परिणत गरेको आरोप लगाएका छन्।
एमाले नेता भानुभक्त जोशीलाई बिहीबार आफ्नो पार्टीमा स्वागत गर्दै उनले भने, ‘हामी नयाँ बाटोमा अगाडि बढिसकेका छौं, हामीलाई नयाँ यात्रामा केपी ओलीको मात्रै अवरोध छ। भ्रम छर्नेछन्, उनीहरूका भ्रम तोड्नुपर्छ।’
नेकपा एमाले सबै हिसाबले पतनको बाटोमा गइसकेको आरोप लगाए । ओलीसँग रहेर अन्तिम समयसम्म प्रयास गर्दा समेत ओली सुध्रिने नदेखेपछि भानुभक्त जोशीले एमाले छाडेको उनले बताए ।
एमालेमा सामूहिकता र छलफल नामको कुनै कुरै नभएको उनको भनाइ छ ।
प्रतिक्रिया