काठमाडौं - घटस्थापनाको अघिल्लो २० असोजसम्म उपत्यका छोडेर जानेको संख्या चार लाख १२ हजार ७३ पुगेको छ भने भित्रिनेको संख्या पनि तीन लाख ८७ हजार ६०१ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
घटस्थापनाको अघिल्लो दिनसम्ममा उपत्यकाबाट बाहिरिने र भित्रिनेको संख्या उस्तै–उस्तै रहेको महाशाखाले जनाएको छ । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले अग्रिम टिकट काट्न सुरु गरेका छन् ।
११ असोजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।विगतका वर्षदेखि नै दशैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आएको छ । अहिले नौ दिनको अन्तरालमा ३८ हजार ९४१ जनाले टिकट काटेको बताइएको छ ।
प्रतिक्रिया