नेकपा एमालेका केन्द्रीय सदस्य जोशी नेकपा एसमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । 

पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । 

उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी)  कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया