ओमानमा ब्युटिसियनलाई वैदेशिक रोजगारको अवसर, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - ओमानले नेपाली कामदारको माग गरेको छ । ओमानको roselas trading establishment कम्पनीले दुई ब्युटिसियन नेपाली महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सहित तलब ५२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले स्काई अफ दि वल्र्ड म्यानपावर प्रालिको कार्यालय तिलगंगा काठमाडौंमा असोज २८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया