काठमाडौं - युएईको एक कम्पनीले भारी संख्या नेपाली कामदारको माग गरेको छ । युएईको कम्पनीले सेक्युरिटी गार्डका लागि ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ३८ हजार माथिदेखि ६४ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले स्टारिज् एच आर सर्भिसेस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया