कांग्रेस र माओवादीले धोका दिएको भन्दै नेकपा एसको गम्भीर आपत्ति

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । 

मन्त्रालयको भागबण्डामा अपमानित गरेको भन्दै माधव नेपाल नेतृत्वको समाजवादीले आपत्ति जनाएको हो । मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४र४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो । 

सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन् । तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया