आज सेयर बजार बन्द, अब यो महिनामा ३ दिन मात्र सेयर कारोबार हुने

४ बर्ष अगाडि

काठमाडौ - आज सेयर बजार बन्द हुनेछ । आज घटस्थापनाका अवसरमा सार्वजनिक बिदा गरिएको छ ।  त्यसैले आज सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

आज घटस्थापना र भोलि शुक्रबार परेको हुनाले दुवै दिन सेयर बजार पनि बन्द रहनेछ । दशैँ सुरु भएकोले अब यो असोज महिनामा अब ३ दिन मात्र  सेयर कारोबार हुने छ  ।

अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ  । सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया