काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएको छ ।
एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई भेट गरी मलेसियामा कार्यरत नेपाली कामदार अलपत्र परी घर फर्किने क्रममा सेल्टर हाउस नहुँदा समस्या रहेकोे भन्दै सरकार र एनआरएनए मलेसियाको समन्वयमा क्वालालम्पुरमा सेल्टर हाउस स्थापना गर्न ध्यानाकर्षण गराएको बताए ।
अध्यक्ष थापाले तत्काललाई सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा एनआरएनए मलेसियाले नै गर्ने तर भविष्यमा एनआरएनएले सञ्चालन गर्न नसकेको खण्डमा नेपाल सरकारले स्वामित्वमा लिएर संचालन गर्नुपर्ने विषयमा छलफल भएको बताए ।
प्रतिक्रिया