काठमाडौं - सामलिङ्ग पावर कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका,८ र १० तथा माईजोगमाई गाँउपालिका, ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलामका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण शेयर आईपीओ बाँडफाँड गरेको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको थियो ।
आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि तीन हजार २५५ योग्य आवेदनहरु परेका थिए । उक्त समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।
उक्त समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो जसमध्ये आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल पाँच लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।
प्रतिक्रिया