कहिले सम्म दिन सकिन्छ २०२३ को लागि डिभीमा आवेदन ?, यी ५ कुरामा ध्यान दिन आग्रह

४ बर्ष अगाडि

काठमाडौं - सन् २०२३ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन गएरातिदेखि खुलेको छ । 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने छ । दूतावासले आवेदन दिँदा विभिन्न पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । 

-दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न 
-आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न 
-विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न 
-म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न 
-स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।

डीभीको आवेदनका लागि कुनै पैसा नतिर्न आग्रह गर्दै अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया