काठमाडौं - वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले पुतलीसडकमा रहेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेका मोरङ विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो ।
निरौलाले अष्ट्रेलियामा रोजगारी सहित ‘सेटल’ गरिदिने भन्दै १२ लाख रूपैयाँ लिएको उजुरीका आधारमा मंगलबार काठमाडौँको नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरिएको बताएको छ ।
प्रतिक्रिया