एजेन्सी - पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ । भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए ।
स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया