एमसिसी तत्काल पारित पारित गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - निजी क्षेत्रले सरकारलाई अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) तत्काल संसद्‌बाट पारित गराउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति जारी गरी एमसिसी कार्यान्वयन गर्न आग्रह गरेको हो । 

 संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन।’ संसद्‌बाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्व सर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गरेको छ ।

नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने निजी क्षेत्रको ठहर छ । कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएकाले एमसिसी अगाडि बढाउनुपर्ने बताएका छन् । 

 ‘दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसद्‌बाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालासमक्ष आग्रह गर्दछौं’‚ विज्ञप्तिमा भनिएको छ । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया