माओवादीद्धारा देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम मान्त्रीमा टुंगो

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ।  बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । 

ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । 

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ४ मन्त्रीको टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा आएका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । 

४ मन्त्रीको मन्त्रालयबारे भने खुलाइएको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया