काठमाडौं - सरकारले बर्खास्त गरेका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना अदालत जाने भएका छन् । उनलाई सरकारले अन्याय गरेको भन्दै उनी न्यायको लागि अदालत जाने भएका हुन् ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुङ्गानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । तर ढुङ्गानालाई सरकाले बर्खास्त गरेको चिठी भने दिइसकेको छैन । चिठी पाए लगत्तै ढुङ्गाना सर्वोच्च अदालत जाने भएका छन् ।
गलत काम नगरेको अवस्थामा आरोप लगाउँदै हटाएर अन्याय गरेपछि अदालत जानै पर्ने अवस्थामा पुगेको ढुङ्गानाको भनाइ छ । ढुङ्गानाले धितोपत्र बजारकोलागि आफूले निक्कै राम्रो काम गरेको, आफू आएपछि अनलाइनबाट सहज रुपमा काम गर्ने अवसर प्राप्त भएको,प्राविधिकदेखि नीतिगत कुरामा आफूले राम्रो बनाउँदै लगेको दावी गरेका छन् ।
बजारको अवस्थाले समेत यो तथ्य प्रस्ट्याउने ढुङ्गानाको जिकिर छ। बजारबाट अहिलेसम्मकै सर्वाधिक पूँजीगत लाभकर उठाउन सरकार सफल हुनुका साथै दूर दराज र विदेशमा बसेका नेपालीले समेत कारोबारमा सहभागी हुने वातावरण आफूले सिर्जना गरेको उनको दावी छ
। यति धेरै उपलब्धि हासिल भएको थाहा पाउँदा पाउँदै सरकारले आफूलाई अन्यायपूर्वक हटाएको ढुङ्गानाको गुनासो छ ।
आफूले पूँजी बजार समाल्हेपछि बजार प्रति लगानीकर्ताको समेत विश्व बढ्दै गएको,त्यही विश्वासले बजारले नयाँ नयाँ अंक र कारोबारमा समेत रेकर्ड बनाउँदै लगेको उनको दावी छ । तर,आफूलाई सरकारले निलम्बन गरेसँगै लगानीकर्ता समेत बजारमा विश्वस्त हुन नसकेको,सरकारले जुनसुकै बेला जे सुकै गर्न सक्ने आँकलन गर्न थालेकोले बजार घट्दो अवस्थामा गएको ढुङ्गानाले बताए ।
उता सरकारले भने ढुङ्गानालाई पदीय मर्यादा विपरीत काम गरेको ठहर गर्दै मंगलबार बर्खास्त गरेको जनाएको छ । उनले आफू पदमा बसेकै बेला पदको दुरुपयोग गर्दै आफ्नै छोरीको नाममा शेयर किनेर पद दुरुपयोगको आरोप लगाउँदै बर्खास्त गरिदिएको हो । मेरो लगानी
प्रतिक्रिया