काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको ११ औं दिनमा बल्ल पहिलो कारोबार भएको छ ।
नयाँ सूचीकृत उक्त कम्पनीको शेयर दोस्रो बजारमा बधवार स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएको हो । उक्त सेसनमा उक्त कम्पनीको कारोबार ३९७.५० रुपैयाँमा कारोबार भएको हो ।
दोस्रो बजारमा कारोबारको लागि नेप्सेले १३२.६९ देखि ३९८.०७ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
अव कम्पनीको शेयर नियमित समयमा कारोबार हुन्छ । यसअघि पहिलो सेसनमा कम्पनीको शेयर कारोबार म्याच हुन नसक्दा दोस्रो बजारमा कारोबार हुन सकेको थिएन ।
कम्पनीको प्राथमिक शेयर गत असोज १० गते नेप्सेमा सूचीकृत भएको थियो । सूचीकृत भएसँगै कम्पनीको शेयर भोलिपल्टदेखि कारोबारमा आउनुपर्ने थियो तर सो दिन शेयर डिम्याट खातामा नआएका कारण कारोबार हुन सकेको थिएन ।
प्रतिक्रिया