काठमाडौं - साताको चौथो कारोबार दिन आज बुधबार शेयर बजार खुलेको दुई घण्टाको अवधिमा ११ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २२० ओटा कम्पनी मध्ये ११ ओटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार अघिल्लो कारोबार दिनको तुलनामा ६३ अंक बढेर २ हजार ६७५ दशमलव ८४ विन्दुमा पुगेको छ ।
नयाँ सारथि लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिईडिबी हाइड्रोपावर, किसान लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तय संस्थाको शेयरमूल्यमा सर्किट लागेको छ ।
त्यसैगरी मैलुङ खोला जलविद्युत कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया